sevenstartv.com ४ पुष २०८२, शुक्रवार

इन्डो-नेपाल रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि

१७ पुष २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । बुटवलमा आजदेखि मदन भण्डारी गोल्ड कप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने प्रतियोगिताको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गर्ने कार्यक्रम छ ।

मंगलबार एकेडेमीले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको टर्फी अनावरण गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा विभागीयसहित ८ टिमबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडमी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गुजरात स्टेट भलिबल एसोसियसन, मणिमुकुन्द भलिबल क्लब, गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र सहभागी हुनेछन् ।

प्रतियोगिताको प्रथम हुने टिमले ७ लाख, द्वितीयले ३ लाख ५० हजार, तृतीयले १ लाख ७५ हजार र सान्त्वनाले १ लाख शिल्ड मेडल र प्रमाणपत्र पाउने जनाइएको छ । बुटवल–१० स्थित रामनगर खेलमैदानमा हुने प्रतियोगिता ८ दिनसम्म चल्नेछ । 

प्रतियोगिताको लागि पहिलो चरणमा टिकट शुल्क ३०० हुने र सेमिफाइनल र फाइनलमा बढाउँदै लैजाने आयोजनाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न १ करोड १० लाख ६० हजार खर्च हुने आयोजकको अनुमान छ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्