बसले थिच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु
काठमाडौं । सर्लाहीमा बस अनियन्त्रित भई पल्टिँदा सशस्त्र प्रहरीका निरीक्षक ९इन्स्पेक्टर० को मृत्यु भएको छ ।
गएराति पौने ९ बजेतिर बलरा नगरपालिका(९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको हो ।
छतौनाबाट काठमाडौंआउँदै गरेको बागमती प्रदेश ०१(००६ ख २००४ नम्बरको राजदेवी यातायातको बस अनियन्त्रित भई पल्टिएर तुलाधरलाई थिचेको हो । बसले थिच्दा गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।
चिकित्सकले उनलाई राति १० बजे मृत घोषणा गरेको प्रहरीले बताएको छ । बसमा सवार यात्रुको अवस्था भने सामान्य रहेको छ ।

.gif)