हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
काठमाडौं । मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको मृत्यु भएको हो ।
चन्द्रकला सोमबार घाँस दाउराका लागि जङ्गल गएकी थिइन् । साँझसम्म घर नआएकी चन्द्रकलालाई मङ्गलबार बिहान ६ बजेतिर स्थानीयले खोल्सीको किनारमा मृत अवस्थामा भेटेका थिए ।
लिम्बूको शव उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

.gif)