बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्नेच्युटको भूकम्प
काठमाडौं । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प गएको छ ।
सुर्खेतस्थित भूकम्प मापन केन्द्रका अनुसार बैतडीको सिगास गाउँपालिका-७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ५४ मिनेटमा ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का महसुस बैतडीसहित, बझाङ, डडेल्धुरा, डोटीमा गरिएको छ । भूकम्पबाट के कति क्षति भयो भन्ने बारेमा अहिलेसम्म जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

.gif)