नेपाली गीत, संगीत गुणस्तरीय बन्दै गएको छ : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली गीत, संगीत गुणस्तरीय बन्दै गएको बताएका छन् ।
सोमबार सुदूरपश्चिम कलाकार समाजले काठमाडौं आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले नेपाली गीत गुणस्तरीय बन्दै गएकाले विदेशी गीतहरु विस्थापित हुँदै गएको उल्लेख गरेका हुन् ।
उनले सबै समुदायको भाषाको विकास गर्दै लैजानुपर्नेमा जोड दिए । उनले सुदूरपश्चिमको भाषा राष्ट्रियकरण हुँदै गएकोसमेत बताएका छन् । भाषा, साहित्य, संस्कृति र भेषभुषाको विकासमा कलाकारहरुको महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ ।

.gif)