सुदूरपश्चिम मेयर सम्मेलन आजदेखि शुरु हुँदै
काठमाडौं । पहिलो सुदूरपश्चिम मेयर सम्मेलन आजदेखि डडेल्धुराको परशुराम नगरपालिकामा शुरु हुँदैछ ।
सुदूरपश्चिम प्रदेशको बृहत्तर विकासका अवसर र चुनौतीबारे विमर्श गरी आपसी सहयोग आदानप्रदान गर्ने उद्देश्यले पहिलोपटक सुदूरपश्चिम प्रदेशका स्थानीय तहका प्रमुखहरुको सम्मेलन ९मेयर सम्मेलन २०८१० गर्न लागिएको आयोजक परशुराम नगरपालिकाले जनाएको छ ।
सम्मेलनमा सुदूरपश्चिमका उपमहानगरपालिका, नगरपालिका प्रमुख र गाउँपालिकाका अध्यक्ष, विषयविज्ञ र सरोकारवालाको सहभागिता रहने जनाइएको छ ।
सुदूरपश्चिम क्षेत्रको बृहतर विकासका लागि सहयोग बढाउन विचार आदानप्रदान र दिगो रणनीति निर्माणका लागि सम्मेलन महत्वपूर्ण हुने र सुदूरपश्चिमको भविष्यका लागि स्थानीय तह मिलेर काम गर्ने र योजना बनाउने यसको मुख्य लक्ष्य रहेको छ ।

.gif)