sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न भित्र्याइयो ‘क्लिया’ प्रविधि

१४ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपला रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न केन्द्रिय रक्तसञ्चार सेवा केन्द्रमा नयाँ प्रविधि भित्र्याएको छ ।  रक्तसञ्चार सेवा केन्द्रले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को मापदण्डअनुसार रगत परीक्षणलाई प्रभावकारी बनाउन ‘क्लिया’ प्रविधिमा आधारित नयाँ मेसिन भित्र्याएको हो ।

यस प्रविधिले दान गरिएको रगतको परीक्षण र रगत चढाउँदा हुने संक्रमण (ट्रान्सफ्युजन ट्रान्समिटेड इन्फेक्सन) को जोखिमलाई घटाउने विश्वास लिइएको छ । केन्द्रिय रक्तसञ्चार सेवामा ¥यापिड वा इलाइजा प्रविधिबाट रगत परीक्षण हुने गरेकामा गत साताको बुधवारदेखि क्लिया प्रविधिबाट रगत परीक्षणको शुरुवात गरेको रक्तसञ्चार सेवाका ब्लड बैंक इन्चार्ज सञ्जीवकुमार यादवले बताए । 

उनले यस प्रविधिले रक्तदान गर्ने मानिसको जीवाणु परीक्षण प्रभावकारी ढंगले हुने र शुद्ध रगतको प्रयोगको अभ्यासलाई बढावा दिने बताएका छन् । उनले रगतको माध्यमबाट सर्ने एचआइभी एड्स, हेपटाइटीस लगायतका रोगहरु फैलनबाट पूर्णरुपमा रोक्न क्लियाले सहयोग गर्ने बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्