sevenstartv.com १७ असार २०८३, बुधवार

भारतका पूर्व प्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्त

१२ पुष २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डाक्टर मनमोहन सिंहको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

ओलीले नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवादहरु सम्झिरहेको उल्लेख गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

उनले भनेका छन् ‘मित्रराष्ट्र भारतका पूर्व प्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरु सम्झिरहेको छु। दिवंगत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’

 

 

यो पनि पढ्नुहोस्