वडाध्यक्ष नन्दलाल महतोको निधन
काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिका-३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ । कलेजोको क्यान्सर रोगबाट ग्रसित ६९ वर्षीय महतोको उपचारका क्रममा बुधवार राति चितवनको भरतपुरमा निधन भएको हो ।
महतो २०७२ र २०७९ को निर्वाचनमा लगातार दुई पटक नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी २०५४ सालमा तत्कालीन भवानीपुर गाउँ विकास समिति (गाविस) को अध्यक्ष थिए ।
मृतक महतोको शव भरतपुरबाट बिहीबार बिहान घर ल्याएर अन्तिम संस्कारको तयारी भइरहेको छ । वडाध्यक्ष महतोको निधनपछि बसबरिया गाउँपालिकाले बिहीबार एक दिन गाउँपालिकाभित्र शोक बिदा दिने निर्णय गरेको छ ।

.gif)