चितवन हात्ती तथा पर्यटन महोत्सव पुस ११ देखि
काठमाडौं । चितवनको सौराहामा पुस ११ देखि हुने महोत्सव पशु अधिकारमैत्री बनाइने भएको छ । आज पशु अधिकारकर्मीहरू सँगको छलफलले पोलो खेल नखेलाउने तथा हात्तीमैत्री गतिविधि मात्रै सञ्चालन गर्ने सहमति गरेको हो ।
महोत्सव संयोजक रामकुमार अर्यालले अन्य हात्ती सुन्दरी तथा हात्ती वनभोज लगायतका कार्यक्रम सञ्चालन हुनेगरी सहमति भएको बताएका छन् । कोभिड-१९ को समयमा रोकिएको महोत्सव पछिल्ला वर्षहरूमा नियमित रूपमा हुँदै आएको छ ।
महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, सांस्कृतिक झाँकीलगायतका कार्यक्रम हुनेछन् । महोत्सवबाट अन्तर्राष्ट्रियस्तरमै चितवनसहित मुलुककै पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ ।
चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्यस्थलको रुपमा चिनारी गराउनसमेत महोत्सवबाट टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । पर्यटक आकर्षण गर्न हात्तीसम्बन्धी गतिविधि र हात्तीको महत्वले नै चितवनमा धेरै पर्यटक आउने गरेका छन् ।

.gif)