भारतको जम्मुमा भ्यान दुर्घटना : ५ सैनिकको मृत्यु
काठमाडौं । भारतको जम्मु कश्मीरमा सेनाको भ्यान दुर्घटना हुँदा ५ सैनिकको मृत्यु भएको छ ।
जम्मू कश्मीरको पुन्चमा १८ सैनिक बोकेको सेनाको भ्यान ३५० फिट गहिरो खाडलमा खस्दा सवार ५ सैनिकको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
मराठा रेजिमेन्टका ति सैनिकहरू हिजो साँझ नियन्त्रण रेखा (एलओसी) तर्फ गइरहेका थिए ।

.gif)