sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

ग्वार्को फ्लाईओभर निर्माणको जिम्मा पाएको कम्पनीले आजदेखि सरकारलाई जरीवाना तिर्नुपर्ने

९ पुष २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । थपिएको समयमा पनि काम पूरा नगरेपछि ग्वार्को फ्लाईओभर निर्माणको जिम्मा पाएको कम्पनीले आजदेखि सरकारलाई जरीवाना तिर्नुपर्ने भएको छ । थपिएको म्याद अनुसार पुसको ८ गते अर्थात् हिजोसम्ममा फ्लाईओभरको सम्पूर्ण काम सकेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने थियो ।

 तर अहिलेसम्म ८२ प्रतिशत मात्रै काम सकिएको छ । सडक विभाग माताहतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार निर्माण कम्पनी आशिष-समानान्तर-रेलिगेर कम्पनीले आजदेखि दैनिक कुल ठेक्का रकमको शून्य दशमलव ८८ प्रतिशत जरीवाना तिर्नुपर्नेछ । ग्वार्को फ्लाईओभरको ठेक्का रकम १७ करोड ६ लाख रुपैयाँ रहेको छ ।

सम्झौता अनुसार कम्पनीले २०८० सालको फागुन ११ गतेभित्रै फ्लाईओभरको काम सक्नुपर्ने थियो तर काम नसकिएपछि १० महिना म्याद थपेर हिजो अर्थात् पुसको ८ गतेलाई पु¥याएकोमा काम अलपत्र नै छ । इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्शन ९ईपीसी० मोडलमा सम्झौता भएकाले अब म्याद थप नहुने केन्द्रले जनाएको छ । अबको तीन महिनामा पनि काम नसकेमा जरीवाना रकम बढ्दै जानेछ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्