sevenstartv.com १७ असार २०८३, बुधवार

जनकपुर बोल्ट्सका समर्थकलाई आक्रमण : डोटीका दुई युवक परे पक्राउ

८ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । गत शनिबार भएको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनलपछि जनकपुर बोल्ट्सका समर्थकमाथि आक्रमण गरेको आरोपमा दुईजना युवक पक्राउ परेका छन् । 

डोटीको आदर्श गाउँपालिका-२ घर भई हाल कीर्तिपुर नगरपालिका-८ पाँगा बस्ने २१ वर्षीय अशोक साउद र डोटीकै दिपायल सिलगढी नगरपालिका-१ घर भई कीर्तिपुर नगरपालिका-७ भाजङ्गल बस्ने १९ वर्षीय गणेश साउद पक्राउ परेका हुन् । 

उनीहरू दुवैजना फाइनल भिडन्तमा पराजित सुदूरपश्चिम रोयल्सका फ्यान रहेको खुलेको छ । जनकपुरले सुदूरपश्चिमलाई हराउँदै एनपीएलको पहिलो सिजनको उपाधि जितेको छ ।  उनीहरूले फाइनल खेलपछि अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भभाव बिगार्न खोज्ने र विभिन्न व्यक्तिलाई अभद्र व्यवहार गरेको जाहेरी परेको थियो ।

यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो पनि पढ्नुहोस्