sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

भक्तपुरमा बाबुछोरा मृतअवस्थामा फेला

८ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । भक्तपुरमा बाबुछोरा मृतअवस्थामा फेला परेका छन् । सोमबार बिहान जिल्लाको सुर्यविनायक नगरपालिका २ बालकोट फिकाधारा टोलमा चार वर्षदेखि डेरा गर्दै आएका खोटाङ रुपाकोट मजुवागढी १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रविन आचार्य मृत फेला परेका हुन् । 


उनीहरु छुट्टाछुटै २ वटा कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीको भनाई छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्