काठमाडौं महानगरले माग्यो ‘इन्टर्न’मा न्यायिक सहजकर्ता
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न इच्छुक विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ ।
महानगरपालिका केन्द्रीय कार्यालय र अन्तर्गतका वडा कार्यालयमा सेवाग्राहीको आवश्यकता अनुसार निःशुल्क कानूनी सेवा प्रवाह गर्न न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न आवेदन आह्वान गरिएको हो ।
कानून क्याम्पसमा कम्तीमा तीन वर्ष अध्ययन गरिसकेका इच्छुक विद्यार्थीलाई आवेदन दिन भनिएको छ ।


.gif)