sevenstartv.com १७ असार २०८३, बुधवार

काठमाडौं महानगरले माग्यो ‘इन्टर्न’मा न्यायिक सहजकर्ता

८ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न इच्छुक विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ ।

महानगरपालिका केन्द्रीय कार्यालय र अन्तर्गतका वडा कार्यालयमा सेवाग्राहीको आवश्यकता अनुसार निःशुल्क कानूनी सेवा प्रवाह गर्न न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न आवेदन आह्वान गरिएको हो । 

कानून क्याम्पसमा कम्तीमा तीन वर्ष अध्ययन गरिसकेका इच्छुक विद्यार्थीलाई आवेदन दिन भनिएको छ ।

 

यो पनि पढ्नुहोस्