sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

आधा किलो भन्दा बढी सुनसहित दुई जना भारतीय नागरिक पक्राउ

७ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आधा किलो भन्दा बढी सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित ट्राफिक चौराहबाट ५४९ ग्राम अवैध सुन सहित भारत उत्तर प्रदेशका बर्ष ४४ का दिपक गुप्ता  र बर्ष ३४ का सुमित बर्मालाई पक्राउ गरेको हो । 

आइतबार बिहान विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको कार चेकजाँच गर्दा सो सुन बरामद गरेको हो । उनीहरुको साथबाट नगदसहितका केही अन्य सामान पनि बरामद भएको प्रहरीले जनाएको छ । 

उनीहरूले नेपालमा बिक्री गरेर नाफा कमाउने उद्देश्यले सुन तस्करी गरी ल्याइएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । पक्राउ परेकामध्येका सुमितले भारतको पलियामा सुनचाँदीको व्यवसाय गर्दै आएको प्रहरीले जनाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्