जनकपुर बोल्ट्सले एनपीएलको उपाधि जितेको खुसीमा साधुसन्तलाई भोज
काठमाडौं । जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग एनपिएलको उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भण्डारा गरेका छन् ।
शनिबार भएको एनपिएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको जित निकालेको थियो । एनपिएल जितेको उपलक्ष्यमा जनकपुरधाममा साधुसन्तहरुलाई बेलाएर भण्डारा गरिएको हो ।
जनकपुर बोल्ट्सले एनपिएलको पहिलो उपाधी जितेको खुशीमा साधुसन्तहरुलाई खाना खुवाएको श्री महावीर युवा कमिटी, जनकपुरधामका उपाध्यक्ष सरोजकुमार चौधरीले बताए । उनले शनिवार फाइनलअघि जनकपुरको जितको लागि पूजा आराधना गरेको समेत जनाकारी दिएका छन् ।

.gif)