sevenstartv.com १७ असार २०८३, बुधवार

महाकालीको धार परिवर्तन गर्ने भारतीय एस्क्याभेटरका चालकलाई स्थानीयले लिए नियन्त्रणमा

७ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाल-भारत सीमा नदी महाकालीको नेपालतर्फको धार परिवर्तन गर्दै गरेको भारतीय एस्क्याभेटरका चालकलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । 

आइतबार बिहान साढे ११ बजे अनुमतिविना भारतीय ठेकेदार कम्पनीको एस्क्याभेटर महाकाली नदी तरेर दार्चुला सदरमुकाम नजिक महाकाली नगरपालिका-५ स्थित वीरेन्द्र वन नजिक भारतीय एस्क्याभेटरका चालकलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

अहिले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारी नदी किनारमा पुगेका छन् । स्थानीय र सुरक्षा अधिकारीबीच यस विषयमा छलफल भइरहेको छ । २०७० सालको बाढीको कटानपछि नेपाली भूभाग नदीपारि पुगेको छ ।

 

यो पनि पढ्नुहोस्