जय नेपाल इन्टरनेशनल फाउन्डेसनको ग्लोबल वुमन नेटवर्कको अध्यक्षमा विनिता अधिकारी
काठमाडौं । जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल वुमन नेटवर्कको अध्यक्षमा विनिता अधिकारीलाई नियुक्ति गरेको छ ।
फाउण्डेशनले फाउण्डेशनको नियमावली २०२४ को धारा ७.३ र १४.१ बमोजिम अधिकारीलाई संस्थाको अध्यक्षमा नियुक्ति गरेको हो ।
ग्लोबल वुमन नेटवर्क अध्यक्षको रूपमा अधिकारी नियुक्ति गर्दै संस्थाले सफल कार्यकालको कामना समेत व्यक्त गरेको छ । अधिकारी नेपाली कांग्रेस दोलखाकी युवा नेतृ समेत हुन् ।


.gif)