sevenstartv.com ४ पुष २०८२, शुक्रवार

एनपिएलः जनकपुर बोल्ट्सको जितको कामना गर्दै मन्दिरमा पूजापाठ

६ पुष २०८१, शनिवार स्टार संवाददाता

जनकपुर  । नेपाल प्रिमियर लिग एनपिएलमा आज फाइनल खेल हुँदैछ । खेल मध्यान्ह सवा १२ बजे त्रिभूवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा हुनेछ । एनपिएलको पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स पुगेका छन् । दुवै टिमले समूहचरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए । एनपिएलमा सुदूरपश्चिम रोयल्सले सुदूरपश्चिम प्रदेशको प्रतनिधित्व गरेको छ भने जनकपुर बोल्ट्सले मधेस प्रदेशको प्रतिनिधित्व गरेको छ । यसैबीच आज एनपिएलको फाइनल जित्नका लागि मधेस प्रदेशका युवाहरुले जनकपुर बोल्ट्सको समर्थन गर्दै विजयीको कामना स्वरुप मन्दिरमा पुगेर पूजा आराधना गरेका छन् । युवाहरुले जनकपुर बोल्ट्सको जितको लागि पूजापाठ एवं मंगलवपाठ समेत गरेका छन् । जनकपुर बोल्ट्सका एक समर्थकले राजदेवी मन्दिरमा पुगेर जनकपुर बोल्ट्सको जितका लागि पूजापाठ गरेको बताउनु भयो । 

जनकपुर बोल्ट्सका समर्थकहरुले जनकपुरका विभिन्न मठ मन्दिरमा पुगेर जनकपुर बोल्ट्सको जितका लागि कामना गरेका हुन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्