sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

पछिल्लो समय रैथानेबालीमा आकर्षण बढेको कृषिमन्त्रीको भनाई

५ पुष २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामिण क्षेत्रमा उत्पादन भएको रैथाने बालीहरु स्वास्थ्यका लागि उपयुक्त रहेको बताएका छन् । 

शुक्रबार कृषि पत्रकारहरुको संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा उनले समय परिवर्तन भएपनि खानेकुरामा मानिसहरु रैथानेबालीमा आकर्षण बढेको बताएका हुन् । 

उनले पछिल्लो समय पुरानो रैथाने बालीहरु खोज्दै हिँडेको बताए । उनले बाल्यकालमा आफू पनि कोदोको रोटी खाएर हुर्केको स्मरण गरे । उनले रैथाने बालीहरुको विकास र संरक्षणको लागि सरकारले पहल गर्ने बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्