sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

रवि हिरासतमा सुतिरहेको तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा

४ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका सह-कोषाध्यक्ष दीपक बोहराले सामाजिक सञ्जालमा एउटा तस्बिर पोस्ट गर्दै सरकार र नेपाल प्रहरीमाथि प्रश्न गरेका छन् । 

यो तस्बिर हाल कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेको रहेको बोहराको दाबी थियो । फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमामा विभिन्न कोणमा बहस सुरु भएको थियो । केहीले तस्बिरको वास्तविकतामाथि नै प्रश्न पनि उठाएका छन ।

बिहीबार बिहान फेसबुक लाइभमा आएका बोहराले उक्त तस्बिर सभापति लामिछानेकै भएको बताएका छन् ।  तर, अहिले सो तस्बिर रास्वपा समर्थक डा.निकोलस भुसालले नै सार्वजनिक गरेको खुलासा भएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्