जातपातरुपी ऐंजेरुलाई फेदैमा लुछेर फाल्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातपातलाई समाजलाई व्यवस्थित गर्ने क्रममा पलाएको ऐंजेरुको रुपमा चित्रण गरेका छन् ।
बुधबार काठमाडौंमा नेपाल उत्पिडित जातिय मुक्ति समाजको ३७ औं स्थापना दिवसको अवसरमा उनले सबैभन्दा पहिला मानिस हौँ भन्नेकुरा बुझ्न जरुरी रहेको बताएका हुन् । उनले मानिस सबै बराबर हुने बताए ।
जातपात नचाहिने कुरा भएको उल्लेख गर्दै एउटा समाजलाई व्यवस्थित गर्ने क्रममा ठिक तरिका छान्न नसक्दा जातपातका रुपमा गलत तरिका प्रवेश गरेको बताए । उनले जातियता, साम्प्रदायिकता, छुवाछुत घिनलाग्दो कुरा भएको बताका छन्। जातपात र छुवाछुतलाई फेदैमा लुछेर फालिदिनुपर्ने बताए ।

.gif)