पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै
काठमाडौं । पोखरामा पुस १० गतेदेखि बेलुन महोत्सव आयोजना हुने भएको छ । मंगलबार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले २५ डिसेम्बर २०२४ बाट पोखराको पामे क्षेत्रमा बेलुन महोत्सव गर्न लागिएको बताएको हो ।
पोखराको शाहसिक पर्यटनलाई नयाँ उचाईमा पुर्याउँदै अन्तर्राष्ट्रिय बेलुन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । महोत्सवबारे जानकारी दिँदै बेलुन नेपाल प्रालिका प्रबन्ध निर्देशक सविन महर्जनले नेपालमा शाहसिक पर्यटनलाई नयाँ उचाईमा पुर्याउन बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव गर्न लागेको बताए ।
महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नुका साथै शाहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको बताए । अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत विश्वका विभिन्न देशका प्रतिनिधित्व हुने जानकारी दिए। महोत्सवमा २५ वटा बेलुन उडाइने र ५ हजार फिटसम्म उडाइने जानकारी दिए । महोत्सवको बजेट ७ करोड अनुमान गरेको छ ।

.gif)