sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

उपसभामुख रानाको आग्रहः नागरिकमा नकारात्मक प्रभाव पर्नेगरी समाचार संप्रेषण नगरौं

१ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं ।प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नागरिकमा नकारात्मक पार्ने खालका समाचार संप्रेषण नगर्न सञ्चारजगतलाई आग्रह गर्नुभएको छ । सोमवार काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले राज्य सञ्चालनको लागि पत्रकारिताको महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्दै कसैले पनि राजनीतिक प्रभावमा परेर समाचार लेख्न नहुने बताउनु भयो ।

उहाँले संसदको गरिमा बढाउन संसदीय पत्रकारिताको महत्वपूर्ण भुमिका रहेको उहाँको भनाइ छ । उहाँले भन्नभयो, ‘तपाईहरुले कस्तो सूचना दिँदा चाँही जनतालाई फरक पर्दैन त्यो कुरा याद गर्नुपर्दछ । हामीले यो राज्यलाई बचाउने र नागरिकलाई नकारात्मक प्रभाव नपर्नेगरि समाचारहरु संप्रेषण गर्नुपर्ने हुन्छ । राज्य संचालनका लागि पत्रकारिताको महत्वपूर्ण भुमिका रहेको छ । अहिले त डिजिटल प्रविधि पाँचौँ अंग पनि आईसक्यो । पत्रकाहरुले राजनीतिक प्रभावमा परेर काइते तरिकाले लेखेको पनि देखिन्छ  ।  त्यसैले यसरी नलेख्न आग्रह गर्दछौं । संसदको गरिमा बढाउनका लागि संसदीय पत्रकारिताको महत्वपूर्ण भुमिका रहन्छ ।  उहाँले वर्तमान व्यवस्था बचाउँदै मुलुकमा समृद्धि ल्याउनका लागि सबैले एकजुट भएर अगाडि बढ्न जरुरी रहेको बताउनु भयो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्