sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरपालिकामा बिदा

१ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएकाे छ । सिंहको निधनमा काठमाडौं महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । लामो समय लौहपुरुष गणेशमान सिंहको सहयोगीकोरुपमा रहेर काम गरेका उनी ०४९ सालमा नेपाली कांग्रेसबाट काठमाडौंको मेयर निर्वाचित भएका थिए ।

महानगरपालिकाले सिंहले मेयरका रुपमा महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा पुर्‍याएको योगदानको उच्च कदर गर्दै आज सार्वजनिक बिदा दिएको हो ।

आज अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक विदा रहने महानगरपालिकाले जनाएको छ । ८८ वर्षीय सिंहको गएराति चाक्सीबारीमा निधन भएको हो । 

 

यो पनि पढ्नुहोस्