sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

२७ वर्षदेखि बन्द टिकापुर विमानस्थल अब नियमित सञ्चालनमा

३० मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । कैलालीको टिकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ ।  आइतबारबाट २७ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनमा आएको हो । आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित ५ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो पौने २ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान शुरू भएको छ ।

पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरी लगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाईं लगायतले स्वागत गरे

्विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै टिकापुर नगरपालिकाका प्रमुख प्रमुख थारुले टिकापुरको विमानस्थल ओझेलमा परेको र आझेलमा परेको विमानस्थल जसरी पनि चलाउनुपर्ने भनेर आफू लागिपरेको बताए । उनले फलतः अहिले विमानस्थल सञ्चालनमा आएको र टिकापुरकै सम्पती भएको बताए। पटक पटकको छलफलबाट विमानस्थल सञ्चालनमा ल्याउन सफल भएको बताएका छन् ।