sevenstartv.com १ पुष २०८२, मङ्गलवार

मोटरसाइकल दुर्घटना : बाबुछोराको मृत्यु

३० मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ । कटहरी गाउँपालिका-१ का २२ वर्षीय आशिक मरिक र ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो । 

शनिबार राति करिब १ बजे झोराहाट चौकस्थित नहरको पुलमा प्रदेश १-०४-००२ प १९०१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।मोटरसाइकल छोरा आशिकले चलाएका थिए । तीव्र गतिमा रहेको मोटरसाइकल आफैं घिनाघाट–विराटचोक सडक खण्डको नहरमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकालाई प्रहरीले विराट नर्सिङहोम पठाएको थियो । अस्पतालमा उपचारका क्रममा राति नै उनीहरूको मृत्यु भएको हो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्