युवाहरुमा देशको लागि केही गरौँ भन्ने भावना जागृत हुनुपर्छः अध्यक्ष अन्सारी
काठमाडौं । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले युवाहरुमा सिंगो देशको लागि केही गरौँ भन्ने भावना जागृत हुनुपर्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा शैक्षिक सहयोग कार्यक्रममा बाल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको पुस्तामा आफ्नो लागि मात्रै नभइ देशको लागि केही गरौँ भन्ने भावना जागृत हुनुपर्ने बताउनु भयो । उहाँले युवाहरुको सोचमा केही गरौँ भन्ने भावनामा वृद्धि हुनुपर्ने बताउनु भयो । उहाँले आयोगले मुस्लिम समुदायका युवाहरुका लागि लोकसेवा तयारीको समेत व्यवस्था गरेको भएपनि विद्यार्थी बीचमै छाडेर जाने स्थितिको अन्त्य गर्नुपर्नै बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आजको युवा युवतीहरुको सोचमा अझ वृद्धि हुनुपर्छ ।
हामी आफ्नो मात्रै होइन, सिंगो देशवासीको लागि केही गरौँ भन्ने भावना बोक्नुपर्छ । लोकसेवा तयारी कक्षा पनि आायेगकै खर्चमा गराउँदै आएको थिएँ । तर मलाई दुःख पनि के लाग्यो भने आयोगले त्यत्रो पहल गर्दागर्दा, आर्थिक रुपमा आयोगले सहयोग गर्दैगर्दा पनि हाम्रा केही विद्यार्थी शुरुमा सहभागी हुने र पछि उपस्थित नहुने स्थिति देखियो । त्यो सिभिल सर्भिसमा सहभागी हुनको लागि हो । अहिले धेरै क्षेत्रमा युवाहरु देखिएको छ । तर निजामति सेवामा पनि मुस्लिम समुदायका युवाहरुको उपस्थिति देखिए राम्रो हुन्थ्यो । त्यसले सिंगो समाज र देशलाई फाइदा पुग्छ । अध्यक्ष अन्सारीले निजामति सेवामा पनि मुस्लिम समुदायका युवाहरुको उपस्थिति कमजोर रहेको बताउनु भयो ।

.gif)