sevenstartv.com १७ असार २०८३, बुधवार

मुग्लिन-पोखरा सडक पॉच दिन अवरुद्ध हुने

२८ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । मुग्लिन-पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ ।

जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने प्रहरीले जनाएको छ ।