बाजुरामा वर्षासँगै हिमपात
काठमाडौं । बाजुरामा गएरातिदेखि वर्षासँगै हिमपात भएको छ । मौसम बदली भएर वर्षाभएसँगै लेकाली भेगमा हिमपात शुरु भएको हो । हिमाली गाउँपालिकाको बिच्छ्या, रुगिन, बाँधु, स्वामीकार्तिको जुकोट, जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा हिमपात भएको बताइएको छ ।
यसैगरी गौमूलको दहकोट, मानाकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, बडीमालिका रजाली, मार्तडी, ढम्कनेलगायत क्षेत्रका अग्ला भागमा हिमपातले डाँडा सेताम्मे भएका छन् ।
वर्षासँगै हिमपात भएपछि कृषक खुशी भएका छन् । गहुँ बालीमा पानी नपर्दा सुक्न थालेका वेला वर्षा आएपछि किसानलाई राहत पुगेको जनाइएको छ ।

.gif)