sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

अस्पतालका कर्मचारी झ्यालमा डोरीले बाँधेको अवस्थामा मृत फेला

२३ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसरको भवनको झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारीको शव फेला परेको छ ।

मृत फेला पर्नेमा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४५ वर्षीय सुधीर कुमार झा रहेको सप्तरीका प्रहरीले बताएको छ । मृतक झाका दुवै खुट्टाले भुई टेकेको देखिन्छ । उनको घाँटीको डोरी झ्यालको रडमा बाँधिएको छ ।

प्रत्यक्षदर्शीले कसैले हत्या गरेर शव झ्यालको रडमा बाँधेर छाडेको हुनसक्ने अनुमान गरेका छन् । आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

 

 

यो पनि पढ्नुहोस्