१ करोडभन्दा बढीको सुनचाँदीसहित ३ जना पक्राउ
काठमाडौं । कैलालीमा एक करोड रुपैयाँ भन्दा धेरै मूल्यको सुन, चाँदी, नगद तथा अन्य सामानसहित तीन जना पक्राउ परेका छन्सशस्त्र प्रहरीले भजनी नगरपालिका(५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ सुर्खेतका चौकुनी गाउँपालिका(१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका(१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका(११ बस्ने ३२ वर्षीय महेश सुनारलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहतको बोर्डर आउट पोष्ट ९बीओपी० पगियापसारले उनीहरूलाई उक्त सामानसहित नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ आउँदै गर्दा शङ्का लागि जाँच गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ मूल्य पर्ने ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाकुडा फेला परेको हो ।
पक्राउ परेकाहरूलाई बरामद सुन ,चाँदी, नगद र अन्य सामानसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइएको छ ।उनीहरुको साथमा रहेको सामानको स्रोत नखुलेपछि नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको हो।

.gif)