सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन
काठमाडौं । २५ मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन शुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो ।
आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको जनाइएको छ । आयोजनाबाट उत्पादित बिजुली माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकस्थित प्राधिकरणको सब स्टेसनमा जोडिएको छ । आयोजनामा पाँच अर्ब बढी लगानी भएको छ ।
सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा त्यसलाई खसालेर विद्युत् उत्पादन गरिएको हो ।

.gif)