sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज काठमाडौं आउँदै,कसैलाई नभेटी फर्किने

२१ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज काठमाडौं आउँदै हुनुहुन्छ । उहाँ निजी भ्रमणको सिलसिलामा रानी तेत्सुन पेमा वाङचुकसहित आज काठमाडौं आइपुग्ने तालिका छ । भुटानी राजदम्पत्ति करिब पाँच घण्टा काठमाडौंमा रहने र आजै दिउँसो भुटानको राजधानी थिम्पु फर्कनुहुने जनाइएको छ । भुटानका राजा रानी काठमाडौं आउने भएपछि सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

उहाँहरु त्रिभुवन विमानस्थलबाट सिधै स्वयम्भु जाने कार्यक्रम छ । त्यहाँ पूजापाठ गरिसकेपछि भुटानी राजदम्पत्ति बौद्धनाथ जानुहुनेछ । बौद्धको पूजापाठ सकेपछि उहाँहरु फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किनुहुनेछ । भुटानी राजदम्पत्तिको निजी भ्रमण भएकाले कसैसँग भेटघाटको कार्यक्रम तय नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्