नेप्से परिसूचक २० अंकले बढ्याे
काठमाडौं । सोमबार सेयर बजार २० अंकले बढेको छ । २० अंकले बढेपछि नेप्से परिसूचक २७५८ बिन्दुमा उक्लिएको छ ।
सोमबार कारोबार भएकामध्ये १२६ कम्पनीको मूल्य बढेको छ । ११२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य भने स्थिर रह्यो । सोमबार २ करोड ३० लाख ११ हजार कित्ता सेयर खरिदबिक्री भयो । यसले समग्रमा १० अर्ब ५४ करोड १७ लाख ४६ हजारको कारोबार भएको छ ।
सोमबार कारोबार रकम सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रह्यो । यो कम्पनीको ५९ करोड ४७ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ । आज होटल तथा पर्यटन समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो । जसले गर्दा यो उपसमूहको सूचक ५ प्रतिशतले बढेको छ ।

.gif)