वैदिक वर्ष ५०९० शुरू
काठमाडौं । वैदिक वर्ष ५०९० शुरू भएकाे छ । आरम्भ मूल वैदिक परम्पराका अनुयायीले तपः महिनाको शुक्लपक्षको प्रतिपदामा नयाँ वर्ष मनाउने गरेका छन् । त्यसैअनुरूप यसपटक मार्गशीर्ष शुक्ल प्रतिपदामा वैदिक नववर्ष परेको हो ।
सौरचान्द्र उत्तरायण शिशिर ऋतु प्रारम्भ हुने दिन वैदिक नववर्ष मनाइन्छ । आइतबार पाँच वर्षे युगको पाँचौ वर्ष वत्सर तथा अनल नामक वर्षको प्रारम्भको दिन भएको जनाइएको छ ।
शिशिर ऋतु आसपास नयाँवर्ष मनाउने चलन वैदिक कालगणना सिद्धान्तसँग सम्बन्धित रहेको बताइन्छ। स्वाद्ध्यायशालाले १५ वर्षदेखि वैदिक कालगणनामा आधारित वैदिक पात्रो प्रकाशन गर्दै आएको छ ।
नयाँ वर्षको अवसरमा बुढानीलकण्ठ नगरपालिका-६ हात्तीगौँडा ब्रह्मपुरीस्थित स्वाद्ध्यायशालाले कार्यक्रम गर्दैछ । बिहान ११ बजे हुने कार्यक्रममा वैदिक नववर्ष र कालगणनाबारे चर्चा तथा प्रश्नोत्तर हुनेछ ।

.gif)