sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

असईले आफैंलाई हाने गोली

१४ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली प्रहार गरेका छन् ।

तुर्माखाद गाउँपालिका-३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैंमाथि गोली प्रहार गरेका हुन् ।

चन्दले आफैंले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा प्रहार गरेको जनाइएको छ । चन्दको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । चन्दले गोली प्रहार गर्नुको कारण खुलेको छैन् । 

 

यो पनि पढ्नुहोस्