sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

हेटौंडास्थित विद्युत प्राधिकरणको वर्कशपमा आगलागी

१३ मंसिर २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । मकवानपुरको हेटौंडामा रहेको नेपाल विद्युत प्राधिकरणको केन्द्रीय वर्कशपमा आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका ५ भैरवरोडमा पुरानो सामान राखेको वर्कशपमा गएराति अचानक आगलागी भएको हो । 

नेपाल प्रहरी, हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरी, विद्युत प्राधिकरणका कर्मचारी र दुई दमकलको सहयोगमा आगलागि एक घण्टामा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

आगलागीबाट कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस्