sevenstartv.com ७ पुष २०८२, सोमवार

३३४ किलो यार्सागुम्बा निर्यात हुँदा भित्रियो साढे १२ करोड

११ मंसिर २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा यार्सागुम्बा निर्यात हुँदा साढे १२ करोड भित्रिएको छ ।  सो अवधिमा ३३४ किलो यार्सागुम्बा निर्यात हुँदा १२ करोड ५० लाख ३२ हजार रुपैयाँ बराबर भित्रिएको भन्सार विभागले जनाएको छ ।

सबैभन्दा धेरै ५ करोड २६लाख ३१ हजार रुपैयाँ बराबरको ८० किलो यार्सागुम्बा हङकङमा निर्यात भएको छ । दोस्रो चीनमा ३ करोड ४० लाख ९६ हजारको १२८ किलो, तेस्रो १ करोड ५५ हजार रुपैयाँको ५३ किलो यार्सागुम्बा कम्बोडियामा निर्यात भएको छ । 

 ८९ लाख ८४ हजार रुपैयाँको १२ किलो यार्सागुम्बा सिङ्गापुर, अमेरिकामा ८३ लाख ६० हजार रुपैयाँको १४ किलो, ६४ लाख २९ हजारको २४ किलो भियतनाम, २१ लाख ४४ हजार रुपैयाँको ६ किलो मलेसिया, बेलायतमा १९ लाख ९८ हजार  रुपैयाँको १८ किलो र ३ लाख ३५ हजार रुपैयाँको जापानमा निर्यात भएको तथ्याङ्कमा उल्लेख छ  । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्