सर्वोच्च अदालतको बोर्डमा कालो छ्यापेकी विनु यादव पक्राउ
काठमाडौं । श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी विनु यादवले आज सर्वोच्च अदालत अगाडिको बोर्डमा कालो रंग छ्यापेर विरोध प्रदर्शन गरेकी छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कालो साडी लगाएर इन्ड्राइभमा एक्लै आएकी विनुले प्रहरीको आँखा छल्दै एउटा बोतलमा ल्याएको कालो रंग सर्वोच्चको बोर्डमा छ्यापेकी हुन् । विनु यादवले प्रदर्शन गर्ने पूर्वसूचना पाएर सिंहदरबार वृत्तका डीएसपीसहितको प्रहरी टोली सर्वोच्च परिसरमै थियो ।
विनुले मोटरसाइकलबाट उत्रिनसाथ कालो छ्यापेपछि मात्रै प्रहरीले प्रतिक्रिया जनाउन भ्याए ।

.gif)