अवरुद्ध भएको राहदानी सेवापूर्णरूपमा सञ्चालनमा
काठमाडौं । कम्प्युटर प्रणालीमा समस्याका कारण अवरुद्ध भएको राहदानी सेवापूर्णरूपमा सञ्चालनमा आएको छ ।
विभागले सूचना जारी गरी सोमबार साँझदेखि सेवा सञ्चालनमा आएको जानकारी दिएको हो । सेवा लिन चाहनेले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा प्रारम्भ गरिएको, अत्यावश्यक परी विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाएको जनाइएको छ ।
सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति विभाग संवेदनशील रहेको र यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्य गरिरहेको जनाइएको छ ।

.gif)