sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

आज काठमाडौंका यी स्थानम ४ घण्टा विद्युत सेवा बन्द हुने

११ मंसिर २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा आज बिजुली कटौती हुने भएको छ ।

‘केबल लाइन’ विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले यी क्षेत्रमा आज ४ घण्टा लाइन काट्न लागेको हो । प्राधिकरणले सूचना प्रकाशन गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको छ ।

काम निर्धारित समय अगावै सम्पन्न भएमा तोकिएभन्दा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने पनि प्राधिकरणले जनाएको छ । 

यो पनि पढ्नुहोस्