sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

त्रिवि शिक्षण अस्पतालले माग्यो ३२ जना स्टाफ नर्स

९ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान शिक्षण अस्पतालले ३२ जना स्टाफ नर्सका लागि दरखास्त माग गरेको छ ।

अस्पतालले स्टाफ नर्सको अस्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागेको हो । हाललाई ३२ जना लिइने भएपनि पछि रिक्त रहेको दरबन्दीमा आवश्यकता अनुसार यही योग्यताक्रम अनुसार पदपूर्ति गर्न सकिने अस्पतालले जनाएको छ । 

त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भई नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको भएको हुनुपर्नेछ । दरखास्त मिति नियमित आगामी २५ गते र डबल दस्तुर तिरेर २९ गतेसम्म रहेको छ । दरखास्त दस्तुर १ हजार ५०० सय रुपैयाँ तोकिएको छ ।

यो पनि पढ्नुहोस्