sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

योगदानमा आधारित बीमा प्रणाली विकास गर्नुको विकल्प छैन: मन्त्री पौडेल

६ मंसिर २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित बीमा प्रणालीको विकास गर्नुको विकल्प नरहेको बताएका छन् । 

भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्ष मुनिका क्यान्सर बिरामीलाई निःशुल्क उपचार सेवाको शुभारम्भ गर्दै उहाँले नागरिकको सहभागिता हुनेगरी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने स्थिति बनाउनुपर्ने बताएका हुन् । 

उनले स्वास्थ्य मन्त्रालयले मात्रै लागू गरेर बीमा प्रणालीको विकास नहुने भन्दै निजी क्षेत्र र अन्य सम्बन्धित निकायहरुले पनि सहयोग गर्नुपर्ने बताए ।  उनले नेपालमा संगठित क्षेत्रमा, सरकारी क्षेत्रमा काम गर्नेहरुले तलवबाट दुई प्रतिशत बीमा बोर्डमा दिए बीमा कार्यान्वयनमा सहज हुने उल्लेख गरे । 

यो पनि पढ्नुहोस्