sevenstartv.com ७ पुष २०८२, सोमवार

एलजीको नानोसेल टिभी सार्वजनिक

६ मंसिर २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनका अधिकारिक आयातकर्ता तथा वितरक सिजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजमा नयाँ एलजी नानोसेल टिभी सार्वजनिक गरेको छ । 

यो नयाँ थप टिभीले नेपालमा उपलब्ध एलजीको उन्नत टेलिभिजन मोडेलहरूको दायरा बढाएको कम्पनीको भनाइ छ ।  जसमा ३२ देखि ८६ सम्मका ओएलईडी टिभी, क्युएनईडी टिभी, युएचडी टिभी र स्मार्ट टिभीहरू समावेश छन् ।

एलजीको नानोसेल टिभीहरूमा विशेष नानोसेल लेयर प्रयोग गरिएको छ, जुन प्रविधिले उन्नत रङको शुद्धताका साथ तस्विरको गुणस्तरमा क्रान्ति ल्याएको कम्पनीको भनाइ छ ।

विभिन्न फिचर भएका उक्त टिभी ग्राहकहरूले एलजी शपि स्टोरहरू, सीजी डिजिटल स्टोरहरू, इ(कमर्स साइट अनमष्नष्तब।िअयm।लउ र नेपालभरि विस्तृत डिलर नेटवर्क मार्फत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्