sevenstartv.com ७ पुष २०८२, सोमवार

बाढीले पुर्‍याएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय

६ मंसिर २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । कृषि तथा पशुपन्छी  विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोले पुर्‍याएको क्षतिको तथ्याङ्क सङ्कलन थालेको छ ।

गत असोज ११ र१२ गतेको बाढीपहिरोले  देशभर भएको क्षतिको विवरण सङ्कलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालेको हो । वास्तविक किसानको नोक्सानीको विवरण सङ्कलन भएपछि उनीहरूलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना छ ।

सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चक जिल्लामा क्षति भएको छ । बाढीबाट ६ अर्ब रुपैयाँको क्षति भएको मन्त्रालयको अनुमान छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्