sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

बीपी राजमार्ग रातिको समयमा दैनिक सात घण्टा बन्द हुने

६ मंसिर २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ७ घण्टा बन्द हुनेछ । बीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म गएरातिबाट सात घण्टा सवारी साधन सञ्चालन बन्द गरिएको कार्यालयले जनाएको छ ।

सडकखण्ड अन्तर्गत चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेकाले सडक बन्द गरिएको हो । रातिको समयमा राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको जनाइएको छ ।

 

यो पनि पढ्नुहोस्