sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

सशस्त्र द्वन्द्वको अन्त्य गरी मुलुकमा शान्ती स्थापना गर्न स्व. ढुंगानाको योगदान अतुलनीयः गृहमन्त्री

३ मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वसभामुख स्व.दमननाथ ढुंगानाको निधनले मुलुकले असल नेता गुमाएको  बताउनुभएको छ । 
सोमवार काठमाडौंको नयाँ गौचरणमा राखिएको प्रतिनिधि सभाका पूर्वसभामुख स्व.ढुंगानाका पार्थिव शरीरमा श्रदाञ्जली दिएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । स्व. ढुंगाना असल राजनीतिज्ञ, संविधानविद् एवं समाजको सबै विषयमा विशिष्ट योगदान दिनुभएको व्यक्ति रहेको बताउनु भयो । उहाँले लोकतन्त्र प्राप्तिको आन्दोलनमा ढुंगानाले महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्दै उहाँलाई गुमाउनु पीडादायी भएको बताउनु भयो । उहाँले पूर्वसभामुख ढुंगानाले नै सरकार सत्तापक्षको र सदन प्रतिपक्षको हुन्छ भन्ने संसदीय व्यवस्थाको विश्वव्यापी मान्यतालाई नेपालमा लागू गरेको बताउनु भयो । गृहमन्त्री लेखकले भन्नुभयो, ‘दमननाथ ढुंगाना अत्यन्त असल राजनीतिज्ञ, संविधानविद् र समाजको सबै विषयमा विशिष्ट योगदान दिनुभएको असल नेता, असल व्यक्तित्व हुनुहुन्थ्यो । मुलुक र समाजले एउटा अत्यन्त असल नेता गुमाउनुपरेको छ ।

त्यसकारण यो एकदम पीडादायी अवस्था हो । सबभन्दा पहिला उहाँको चीरशान्तिको कामना गर्न चाहन्छु । उहाँको परिवारजन र मित्रहरुमा गहिरो समवेदना पनि व्यक्त गर्न चाहन्छु । लोकतन्त्र प्राप्तिको आन्दोलनमा पनि उहाँको त्यत्तिकै भुमिका थियो । लोकतन्त्र र संसदीय पद्धतिलाई सुदृढ गर्ने कुरामा पनि उहाँको अहम भुमिका रह्यो । उहाँले विशिष्ट संसदीय अभ्यासलाई अगाडि बढाउनु भयो ।

 सदनमा बहुमतको सरकार हुन्छ । त्यसकारण सरकार सत्तापक्षका हुने भएका कारणले प्रतिपक्षीले सदनमा आवाज उठाउने परिस्थिति बन्नुपर्दछ भन्ने खालको संसदीय व्यवस्थाको विश्वव्यापी मान्यतालाई उहाँले नेपालमा लागू पनि गर्नुभयो । त्यसकारण संसदीय व्यवस्था र पद्धतिलाई सुःस्थापित गर्नका निमित्त उहाँको महत्वपूर्ण योगदान रह्यो । त्यस्तै देशमा सशस्त्र द्वन्द्व भएको बेलामा शान्ती स्थापना गर्ने कुरामा पनि उहाँको विषेश भुमिका रह्यो । शान्ती प्रक्रिया टुंगोमा पु¥याउने कुरामा समेत उहाँले अतुलनीय योगदान पु¥याउनुभएको छ । त्यसपछिका दिनहरुमा समेत समाजलाई लोकतन्त्रको पथमा, मर्यादित बाटोमा सूसंस्कृत समाज निर्माण गर्ने कुरामा उहाँले नेतृत्व पनि गर्नुभयो, सहजिकरण समेत गर्नुभयो ।


स्व.ढुंगानाले सशस्त्र द्वन्द्वको अन्त्य गरी मुलुकमा शान्ती स्थापनाको लागि समेत महत्वपूर्ण भुमिका खेल्नुभएको गृहमन्त्री लेखकको भनाइ छ ।

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्