sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

दुई महिना नबित्दै बिग्रियो धरहराको लिफ्ट

२ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नवनिर्मित धरहरा सञ्चालनमा आएको दुई महिना नबित्दै बन्द भएको छ । धरहराको लिफ्ट बिग्रिएपछि बन्द गरिएको हो । केहीदिन अघिदेखि नै धरहरा बन्द गरिएको हो । निःशुल्क भएकाले धेरै सर्वसाधारण चढेकाले लिफ्ट बिग्रेको जनाइएको छ । 

२०७२ वैशाख १२ मा गएको भूकम्पले ऐतिहासिक धरहरा ढलेको थियो तर सरकारको आलटालका कारण समयमा पुनर्निर्माण सुरु हुन सकेन । धरहरा ढलेको तीन वर्षपछि मात्रै पुनर्निर्माण थालियो। केपी शर्मा ओली प्रधानमन्त्री भएकै वेला ‘मै बनाउँछु मेरो धरहरा’ भन्दै पुनर्निर्माणका लागि २०७५ पुस १२ मा शिलान्यास गरेका थिए ।

तर पुनर्निर्माण नसकी ३ वर्षअघि नै उनले उद्घाटन गरे । निर्माणाधीन धरहराको कामै नसकी जस पाउन उनै ओलीले हतारहतार २०७८ वैशाख ११ मा उद्घाटन गरेका थिए। त्यसपछि उनको चौतर्फी आलोचना भएको थियो । भूकम्पले ढालेको ९ वर्षपछि अर्थात् असोज ३ गतेदेखि पुनर्निर्माण भएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको थियो ।

 

यो पनि पढ्नुहोस्